मोरङ/ मोरङको मिक्लाजुङ गाउँपालिका ६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् । स्थानीय ५४ बर्षीया तिल माया चौहान र छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानले बुधवार बेलुकाको खाना संगै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् ।
बिरामी भएका दुबै जनालाई राती सवा १२ बजे उपचारका लागि दमकको आम्दा अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।