दमक/ झापाको दमककी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट गत जेठ ३० गते काठमाडौं हुँदै ३१ गते दमक आईपुगेकी २९ बर्षिया महिलाको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको गत जेठ २ गते स्वाव संकलन गरिएको थियो ।
बिराटनगस्थित प्रादेशीक प्रयोगशालामा गरिएको परिक्षणमा उनको कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
संक्रमित महिलाको उपचारका लागि बिराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाईएको छ ।
बिदेशबाट सुरक्षित रुपमा नेपाल आईपुगेर क्वारेन्टाईनमा बसेकाले समुदायमा भने आत्तिन नपर्ने दमक नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्रि बरालले बताउनु भयो । कुवेतबाट आएर उनी क्वारेन्टीनमा बसेका कारण स्थानीयहरु त्रसित हुनुपर्ने अवस्था नभएपनि उच्च सावधानी भने आवश्यक छ ।