दमक/ नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । पछिल्लो समय संक्रमित भेटिने क्रम उच्च हुँदै गईरहेको बेला थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका ४२६ सहित नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४०२ पुगेको छ । कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box