दमक/ झापाको माइपश्चीम क्षेत्रका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ दमकले संघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन र लक डाउन अवधिको घर भाडा र वित्तिय संस्थाहरुको ऋणको ब्याजमा पचास प्रतिशत छुटको माग गर्ने निर्णय गरेको छ ।

बिश्व ब्यापीरुपमा फैलिएको कोभीड़ १९ कोरोना संक्रमण र यसपछि घोषित लक डाउनका कारण सबैभन्दा बढी मार होटल व्यवसायीले ब्यहोर्नुपरेको भन्दै सरकारसंग त्यस्तो माग गरेको हो ।
संघका अध्यक्ष राजन दंगालको अध्यक्षतामा आज सोमबार बसेको बैठकले ति माग सम्बोधनका लागि दमक नगरपालिकामा ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो । बैठकले दमक होटल व्यबसाय संघको कार्यलय भवन निर्माण गर्न दमक नगरपालिकासँग दमक ७ मा ३ कठा जग्गा उपलब्ध गराउन माग गर्ने निर्णय गर्नुका साथै आगामी दिनमा व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने बिषयमा पनि गहन छलफल गरेको बताइएको छ ।