झापाको दमक २ स्थित चियाबगान– बेलडाँगी सडक स्तरोन्नतीमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

सो सडकको डाकिनी–मिलडाँडा खण्डमा सडक स्तरोन्नतीको काम द्रुत गतिमा नहुँदा स्थानीयहरुले आवागमनमा कठिनाई भोग्नु परिरहेको स्थानीय रामचन्द्र अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।
उहाँले स्थानीय सरकार अर्थात वडाध्यक्षको ध्यानाकर्षण गराउँदै आफ्नो चुनावी घोषणा पत्रको स्मरण समेत गराउँदै कहिले सम्म यो सास्ती भोग्नु पर्ने भन्दै प्रश्न गर्नुभएको छ ।