दमक/  कोरोना रोकथाम तथा नियन्त्रण वापत सरकारले खर्च गरेको भनिएको अर्बौ रुपैयाँ रकम भ्रष्टाचार भएको र सरकार असफल भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने झापाको दमकमा आज युवाहरुको समुहले पूर्व पश्चीम राजमार्ग किनारमा उभिएर सांकेतिक विरोध प्रदर्शन गरेका छन् । बिहान केही बेर भएको बर्षाका बाबजुद युवाहरुको समुहले दमक चोकस्थित आकाशे पूल वरपर हाइवे किनारमा सरकार विरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका हुन् ।


उनीहरुले भ्रष्टचार गर्नेलाई कारबाही गनु पर्ने तथा पिसिआर परीक्षणको दायर बढाउनु पर्ने बिषय समेटिएका प्लेकार्ड बोकेका थिए ।
बिहान १० बजे देखी सो प्रदर्शन हुन सक्ने संकेत पाएको प्रहरी बाक्लो संख्यामा दमक चोकमा परिचालित भएपनि शान्तिपूर्ण प्रदर्शन भएको थियो । करिब एक घण्टा सो प्रदर्शन भएको थियो । युवाहरुले सरकारको कमजोर नीति र तयारीप्रति आक्रोश पोखेका थिए ।
क्वारेन्टाइनका नाममा नागरिकलाई अमानवीय रूपमा राखिएको र उनीहरूको पिसिआर परीक्षण नगरिएकोमा सरकार बिरुद्ध सांकेतिक बिरोध प्रदर्शन गरिएको सहभागी युवाले बताएका छन् । त्यस्तै स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै खर्चको हिसाब पनि सरकारले सार्वजनिक गर्नु पर्ने उनीहरुको भनाई छ ।

Facebook Comments Box