उर्लाबारी/ मोरङ सुन्दरहरैचा–६ की ४२ बर्षीया हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ ।
हिजो बिहान सवा १० बजे सुन्दरहरैचा दुलारी चौक राजमार्गमा को१च ८४८३ नम्बरको कारले साईकल यात्री आचार्यलाइ ठक्कर दिएर गम्भीर घाईते बनाएको थियो । उनको न्युरो अस्पताल बिराटनगरमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।