विराटनगर/ सोलुखुम्बु महाकुलुङ गाँउपालिका–४ मा आफ्नै बाबुको हत्या आरोपमा एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सोही ठाँउका १९ बर्षीय कुवेर राई रहेका छन । प्रहरीका अनुसार हिजो साढे ८ बजे घरायसी विवादमा ५७ बर्षीय सन्त कुमार राईको छोरा कुवेरले हत्या गरेका थिए ।
आगो फुक्ने फलामको ढुंग्रोले बाबु सन्त कुमार राईलाई टाउँकोमा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको आफन्तले ईलाका प्रहरी कार्यालय सोताङमा आज जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।