दमक/ प्रदेश एकका विभिन्न जिल्लामा भएका घटनामा तीन बालबालिकाको ज्यान गएको छ । सुनसरी देवानगंज–७ का जगरुप यादवकी ५ बर्षीया छोरी लक्ष्मी कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।
हिजो साझँ साढे ६ बजे पोखरी छेउमा खेल्ने क्रममा अचानक लडेर पोखरीमा डुबेकी उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी भोजपुर रामप्रसादराई गाउँपालिका–५ की १४ बर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।
हिजो अपरान्ह ५ बजे रामप्रसादराई गाउँपालिका–५ स्थित भित्री सडक खण्डमा को २ त ८७१४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा बालिका पुष्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएकोले उनिहरुलाई थप उपचारको लागि बिराटनगर लगिएको जनाइएको छ ।
यसै गरी उदयपुर उदयपुरगढी–६ की ९ बर्षीया बिबिषा पाण्डेको ट्याक्टर दुर्घटनामै मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे उदयपुरगढी–७ बाघखोर स्थितमा को स १ त ५१०७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याक्टरमा रहेकी बालिका बिबिषाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।