दमक/  नेपाली कांग्रेस झापाले पछिल्लो समय पार्टी विधान अनुसारनै २८ मध्ये विभिन्न ११ विभागीय समिति गठन गरिएको र पार्टी प्रवक्ता र नीति तथा प्रशिक्षण प्रतिष्ठान बनाइएको भन्दै सो बिषयलाई लिएर पार्टी हित विपरित गुट उपगुटको प्रसंग ननिकाल्न सचेत गराएको छ ।

हिजो जेठ २० गते विभिन्न समिति गठनका साथै पार्टी भित्र जिम्मेवारी बाँडफाँडका बिषयलाई लिएर सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालहरुमा भएको चर्चा परिचर्चाका बिषयमा पार्टी जिल्ला सभापति उद्धव थापाले आज सामाजिक सञ्जाल फसेबुक मार्फत त्यस्तो सचेत गराएका हुन् । सभापति थापाले गत फागुन २८ गतेको पार्टीको निर्णय अनुसारनै जेठ २० गते पदाधिकारी बैठकबाट नीति गत निर्णय गरि, जिल्लाका पधाधिकारि, सल्लाहाकार सदस्य र जिल्ला सदस्य संयोजक र पार्टीका कृयाशील सद्स्यहरू समेतबाट समाबेशी सहभागिताको आधारमा १५ सदस्यीय रहने गरि बिभाग गठन गर्ने निर्णय गरिएको उल्लेख गरेका छन् ।

सभापति थापाले आज साँझ करिब ७ बजे लेखेका छन–पार्टीले संचालन गरेको राष्ट्रिय जागरण अभियानलाई सहजता प्रदान गर्नका लागि हाललाई आबश्यक पर्ने ११ वटा बिभागका संयोजकहरू मात्र मनोनित गरिएको छ, र सहमतिबाटै बाँकी रहेका बिभाग र सदस्यहरू अषाढ मसान्त सम्ममा पुर्णता दिने सहमति गरिएको छ । उनले हाल गठन भएका बिभागहरूमा समाबेशी सहभागिता न देखिए पनि, बिभागले पुर्णता प्राप्त गर्दै गर्दा, पार्टीले निर्देशित गरे अनुसारको बिभाग बन्ने पनि उल्लेख गरेका छन् ।

कांग्रेस झापाको हिजोको पदाधिकारी बैठकले विभिन्न समितिहरु गठन गर्नुका साथै केहि विभागीय प्रमुखहरु समेत तोकेको थियो । सो सम्बन्धिको निर्णयमा पार्टी जिल्ला सचिव प्रेम सम्बाहाम्फेले असहमती जनाउँदै बैठक बहिष्कार गरेको बिषय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरु मार्फत बाहिर आएपछि सभापति थापाको यस्तो स्पष्टोक्ति आएको हो ।

Facebook Comments Box