दमक/कोरोना भाइरसको संक्रमणकाबीच सहकारी तथा लद्धु वित्त संस्थाहरुले गाउँ गाउँमा सर्वसाधारणसंग ऋण असुली गरिरहेको भन्दै विप्लव नेतृत्वको नेकपा झापा जिल्ला कमिटीले तत्काल त्यस्तो कार्य रोक्न चेतावनी दिएको छ ।

महामारीको घडीमा समेत ऋणको किस्ता तिर्न उर्दी जारी गरेको सो पार्टीले विज्ञप्ती मार्फत त्यस्तो चेतावनी दिएको हो । झापा जिल्लामा साहारा नेपाल ,जीवन बिकास ,फरवार्ड लगायत एक दर्जन भन्दा बढि लघुवित्त तथा सहकारी संस्थाहरुले सर्वसाधारण जनता र व्यवसायस्हरुलाइ ऋणको किस्ता तिर्न भर्न मानसिक दबाब दिएको ब्यापक प्रति सो पार्टीले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
कोरोना भाइरसका कारण हालसम्म नेपालमा १५ जनाले ज्यान गुमाएको र त्यो भन्दा बढि भोकमारी र गरिबीका कारण आत्महत्या गर्ने गरिब, मजदुर, सुकुम्बासीहरुको संख्या १ हजार एक सय भन्दा बढि रहेको भन्दै मानविय संवेदनशीलतालाई ध्यान दिन र तत्काल किस्ता तिर्नको लागि कसैलाई पनि मानसिक दबाब नदिन विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
जिल्ला सेक्रेटरी श्रीजंगले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा दलाल पुजीवादी संसदीय व्यवस्थाले जनताको बिचमा थुपारेको अन्यायपुर्ण ब्यवहारको विरुद्ध संघर्षरत रहँदै बैज्ञानिक समाजबादी राज्यसत्ता स्थापनाको निम्ति जस्तोसुकै चुनौतीको सामना गर्न तत्पर रहेको पनि उल्लेख छ ।
सो समुहले जनसमुदायहरुमा कुनै पनि लघुवित्तहरुको तत्काल ऋण नतिर्न पनि अपिल गरेको छ ।

Facebook Comments Box