दमक/ झापाको दमक नगरपालिका १ स्थित भित्री सडक खण्डमा पिकअप गाडीको ठक्करबाट आज अपरान्ह पौने ४ बजे एक जना बृद्धको ज्यान गएको छ । मृत्युहुनेमा दमक नगरपालिका १ का ७८ बर्षिय दुर्गा प्रसाद अधिकारी रहेका छन् ।
प्रहरीका अनुसार आज दिउँसो पौने ४ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक्कर दिंदा घाईते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।