दमक । प्रदेश एकको संसदमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले बजेट निर्माणको अन्तिम तयारीका बेला आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेललाई जिम्मेवारीबिहिन बनाउने काम सरकारले नियतबस गरेको भन्दै प्रश्न उठाएको छ । सम्सद बैठकमा बोल्दै काङ्ग्रेस सचेतक केदार कार्कीले उपसचिव पौडेललाई मुख्यमन्त्रीको कार्यालयमा बोलाइएको विषयमा असन्तुष्टि जनाउनु भयो ।

आर्थिक तथा योजना मन्त्रालयको बजेट महासाखामा कार्यरत उपसचिव पौडेल बजेट तथा कार्यक्रम निर्माणका लागि दक्ष मानिनु हुन्छ । उहाँलाई सरकारले आफ्नो राजनीतिक अभिस्ट पूरा गर्न नियतबश योजनाबद्ध रूपमा मुख्य मन्त्रीको कार्यालयमा बोलाएर जगेडामा राखेको काङ्ग्रेस सचेतक कार्कीको आरोप छ ।

Facebook Comments Box