गौरादह/ झापाको गौरादह ८ भुँडिसिमलस्थित किस्नी खोलाको बाँध नजिकै पानीमा डुबेर एक जनाको ज्यान गएको छ ।
गौरादह नगरपालिका वार्ड नं. ८ बैरातीटोलका १९ बर्षिय सागर कोइरालामा पानीमा डुबेर आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दिउसो २ बजे बाँधमा पौडी खेल्नेक्रममा डुबेको भएपनि प्रहरीको खोजतलासपछि ४ बजे उनको लास भेटिएको प्रहरीले जनाएको छ ।