इटहरी/ सुनसरी बर्जु १४ का ४० बर्षीय मनोज कुमार माझीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
हिजो बेलुका ८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को २ च २८८२ नम्बरको एम्बुलेन्सले साईकल यात्री माझीलाई ठक्कर दिदा गम्भीर घाईते भएका उनको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक (प्रेम राजबंशी)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।