दमक/  झापाको भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले केहीबेर अघि सार्वजनिक गरेको विवरण अनुसार पीसिआर विधिबाट गरिएको परिक्षणमा क्वारिन्टीनमा रहेका उनीहरुको रिपोर्ट पोजिटिभ देखिएको हो ।

भद्रपुरको क्वारिन्टीनमा रहेका ३ र कचनकवलको क्वारिन्टीनम रहेका २ पुरुषमा संक्रमण भेटिएको हो ।  कोशी अस्पतालमा कचनकवलका र धरानस्थित वीपि प्रतिष्ठानमा भद्रपुरका ति विरामीको पीसिआर विधिबाट स्वाव परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार प्रदेश १ मा उपचारपछि निको भएर फर्किनेको संख्या हाल सम्म ४८ रहेको छ । त्यस्तै आइसोलेसनमा १४९ जना रहेका छन भने क्वारिन्टीनमा ३ हजार ९ सय ६३ जना रहेका छन् ।

Facebook Comments Box