धरान/ धरान उपमहानगरपालिका १५ सिद्धकाली चोकस्थित नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।
आज बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको आगोले जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र धरान तथा ईटहरीबाट गएको दमकलको सहयोगमा बिहान पौने १० बजे पुर्ण रुपमा निभाइएको थियो ।

घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सुख्खा मौसमका कारण आगलागीका घटना बढिरहेको भन्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।