संखुवासभा/  संखुवासभाको खाँदवारी नगरपालिका ८ बस्ने दिपक राईकी ८ बर्षीया छोरी कोरीना राईको सभाखोलाले बगाएर मृत्यु भएको छ ।
आज दिउँसो सवा १२ बजे बुबा छोरी दोभानटार तर्फ जाँदै गर्दा बाटोमा पर्ने सभाखोला तर्ने क्रममा अचानक दुबै जना खोलामा लडेर दुवै जनालाई बगाउँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बुबा दिपक राई भने पौडिएर निस्किएका छन भने बालिकालाई करिव साँढे १ किलोमिटर तल मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box