दमकमा बुद्धमुर्ति निर्माणस्थल घेराबारा शुरु

Author Nishkarsha News
२०७७ जेष्ठ २१, बुधबार १७:१८

दमक/झापाको दमक ३ मा निर्माण गरिने विश्वकै अग्लो बुद्ध मुर्ति निर्माणस्थल घेराबाराको काम शुरु भएको छ । संघीय सरकारले चालू आर्थिक बर्षमा सो घेराबाराका लागि एक करोड रुपैयाँ विनियोजन गरेपछि ठेक्का प्रकृयाबाट हेना कन्स्ट्रक्सनले ६८ लाख रुपैयाँमा काम सम्पन्न गर्ने गरी सो सम्बन्धि कामको सम्झौता गरेको नगरपालिकाले जनाएको छ ।


घेराबाराको आज बुधबार आयोजित कार्यक्रमका बीच नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । त्यहाँ ३५० मिटर लामो कंक्रिट र गृलको घेराबारा गरिने दमक ३ का वडाध्यक्ष नविन बरालले जानकारी दिनु भयो ।
नगर प्रमुख ओलीले सो शुभारम्भ कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै निर्धारित समय भित्रै घेराबाराको काम सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यहाँ निर्माण हुने राष्ट्रियस्तरको सो योजनाले दमकबासीलाई गौरान्वित महसुस गराउने बताउनु भयो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्