गौरीगन्ज । झापाको गौरीगन्ज गाउँपालिका वार्ड नम्बर १ मा बिपन्नहरुका लागि सरकारले निर्माण गरिरहेको घर निर्माणमा गुणस्तरहिन इटाको प्रयोग भएको छ । वार्ड नम्बर १ ढेबु बस्तीमा तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गतको बजेटबाट निर्माणाधीन घरमा गुणस्तरहिन इटाको प्रयोग भएको पाइएको हो ।

सो टोलमा निर्माण गरिने १२ घर मध्ये अधिकाङ्स घरमा पशुपति , लक्ष्मी ब्राण्ड्का गुणस्तरहिन इटाको प्रयोग भएको सार्वजनिक भएपनि घर निर्माणको जिम्मेवारी पाएको मेची कन्स्ट्रक्सन र नियमनकारी निकाय स्थानीय तहले चासो लिएको छैन ।

सो कार्यक्रम अन्तर्गत सो वडामा कुल करिब ६४ लाख रुपैयाँको लागतमा २२ घर निर्माणका लागि दुई साता अघि प्रदेश साम्सद झलकसिङ दर्लामीले शिलान्यास गर्नुभएको थियो । घर निर्माणको जिम्मेवारी पाएको मेची कन्स्ट्रक्सनका एक जना संचालक नरेन्द्र चौलागाईंले भने केही इटा कमसल आएको स्वीकार्दै ती इटा आफुले घर निर्माणकार्यमा प्रयोग नगरेको दाबी गरे पनि निर्माण कार्य भने तिनै इटा प्रयोग गरेर जारी राखिएको छ ।

गाउँपालिकाका इन्जिनियर सविन क्षेत्रीले ती घर निर्माणमा एक नम्बर इटा प्रयोग गरिनुपर्ने स्टीमेटमा उल्लेख भएको स्मरण गराउनु भयो । निश्कर्श न्युज सगको कुराकानीमा उहाँले घर निर्माण गुणस्तरीय बनाउन र तोकिएको मापदण्ड पूरा गराउन आफुले तत्कालै ध्यान दिने बताउनु भयो ।

Facebook Comments Box