गौरीगन्ज । गौरीगन्ज १ कुन्जीबारीस्थित ससस्त्र प्रहरीको बोर्डर आउट पोस्ट नजिकै स्थानीय युवाले गाउलेको सहयोगमा अस्थायी आवासको ब्यवस्था मिलाएका छ्न । भारतबाट फर्किने नेपालीहरुको तत्कालीन बसोबासका लागि होल्डिङ सेन्टरका रूपमा एउटा टहरा बनाएका हुन ।

गाउँपालिकाले भारतीय सीमा क्षेत्रमा रहेको सो नाकाबाट भारतमा अलपत्र नेपाली ल्याउन नाकाका रूपमा प्रयोग गर्ने निर्णय गरेपनि होल्डिङ सेन्टरको सुबिधा उपलब्ध नगराएका कारण स्थानीय युवाहरु दिपक श्रेष्ठ , भोला राजबन्शी लगायतले गाउलेको सहयोगमा सो टहरा बनाएका हुन ।

गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले आजै सो स्थानमा पुगेर त्यहाको अवस्था बारेमा जानकारी लिनु भएको छ । सो नाका भएर आज मात्रै २ नाबालक सहित ४ नेपाली भित्रीएका प्रहरीले जनाएको छ ।

Facebook Comments Box