दमक/आज झापाको दमक चौकमा एक जना हलुका सवारी चालक मजदुरले वेवारिसे अवस्थामा सडकमा भेटेको नगद रकम प्रहरीको जिम्मा लगाएका छन् ।
दमक १ घर भएका चालक प्रल्हाद गौतमले भेटेको रकम जस्ताको तस्तै पत्रकार तथा केहि यातायात मजदुरका प्रतिनिधिहरुको रोहबरमा इलाका प्रहरी कार्यालय दमकमा जिम्मा लगाएका हुन् ।
प्रहरीले सो रकमबारे आवश्यक अनुसन्धान गरेर प्रमाणसहित सम्पर्कमा आउने पीडितलाई जिम्मा लगाउने बताइएको छ । प्रहरी अनुसन्धानलाई सहज बनाउनका लागि भेटिएको रकम तथा अन्य विवरणबारे थप केहि सार्वजनिक गरिएको छैन ।