गौरीगन्ज । भारतमा लक डाउन खुकुलो बनाउदै नेपाल फर्किनेहरुलाई सहज बनाएसगै कोरोनाको जोखिम बढ्दो छ । झापाको कचनकवलमा भारतबाट आएका युवकको कारणनै धेरैमा कोरिना पोजिटिभ देखियो । तर भारतसँग सीमा जोडिएको गौरीगन्ज १ कुन्जीबारी र भारतको किसनगन्ज जिल्ला अन्तर्गत सिङिमारी ग्राम पन्चायतको डाकुपाडाको बिचमा भारतबाट फर्किने नेपालीका लागि न त होल्डिङ सेन्टर नै ब्यवस्था गरिएको छ । न त सामान्य खाजा भुजा, सेनिटाइजर , मास्क आदिको ब्यवस्थानै छ । नेपाल आईसकेका स्थानीयहरुलाई ब्यवस्थित क्वारेन्टाइन सम्म पुर्याउने सवारी साधनको ब्यवस्था समेत यश क्षेत्रमा हुन सकेको छैन । गाउँपालिकाको बैठकले यश अघि गाउँपालिका अन्तर्गतका भारत सग सीमा जोडिएका ३ स्थानलाई भारतबाट नेपाली भित्र्याउन नाकाका रूपमा लिदै ती नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले यस अघि लक डाउन प्रभावितहरुलाई एक पटक राहत बाडे पनि पुन राहत प्रदान गर्न पनि तदारुकता देखाएको छैन ।
गौरीगन्ज १ का स्थानीय युवा दिपक श्रेष्ठले नाकामा भारतबाट फर्किने नेपालीहरुलाई ब्यवस्थित नगरिदा कोरोना संक्रमणको जोखिम बढेको गुनासो गर्नु भयो । उहाले सीमामा सुरक्षीत तवरबाट होल्डिङ सेन्टर स्थापना गरि क्वारेन्टाइन सम्म उनीहरुलाई पुर्याउने ब्यवस्थापन गर्नुपर्नेमा सरकारको ध्यान जान नसकेको बताउनु भयो ।

