शिवसताक्षी । नेपाल रेडक्रस सोसाइटी उपशाखा पाँचगाछि, झापाले बोलोचोकमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ पिन्ट रगत संकलन भएको छ । बोलोचोक बिकास समितिको समेत सक्रिय सहयोगमा आयोजना गरिएको रक्तदानमा समितिका तर्फबाट ६ जनाले रक्तदान गर्नुका साथै ग्लुकोज सहयोग उपलब्ध गराएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा पाँचगाछी झापा सभापती मिता सिटैाला , उपसभापती-राजु श्रेष्ठ ,सचिब-पदम थापा ,
शिवसताक्षी ४ का वडा अध्यक्ष अधिकचन ताजपुरीया लगायतको उपस्थिति रहेको थियो । समितिले आगामी दिनमा समेत त्यस किसिमका कार्यक्रममा सकृय सहभागिता जनाउने अध्यक्ष धर्मेन्द्र साहले जनाएका छ्न ।

Facebook Comments Box