दमक । दमक २ मा स्थानीय सरकारले खेती योग्य जमिन बाझो राख्न नदिने भएको छ । वडा समितिले भु उपयोग नीतिको कडाइका साथ कार्यन्वयन गर्ने निर्णय गर्दै कृषि उत्पादनलाई बढाउन वडा भित्रको खेती योग्य जमिन बाझो नराख्न किसानलाई आव्हान गर्ने निर्णय गरेको वडाध्य्क्ष् प्रजापति सापकोटाले जानकारी दिनु भयो । उहाँले बाझो रहने अवस्थाको खेत भए वार्ड कार्यलयमा त्यसको कारण सहित जानकारी गराउन सम्बन्धित जग्गा धनीलाई सुचित गरेको छ । अन्यथा त्यस्तो खाली जग्गामा वडाले आफै खेती लगाउने पनि सापकोटाले जानकारी दिनु भयो ।
