दमक ।सामाजिक सेवामा सक्रिय असहाय मानव सेवा समाज दमकले भोकालाई भोजन अभियान अन्तर्गत आज मङलबार पनि ३० जना असहायहरुलाई भोजन गराइएको छ । दमक न.पा का बिभिन्न ठाउँमा सो सस्थाले हिजो पहिलो दिन २५ जनालाई भोजन गराएर अभियान शुरु गरिएको थियो । सो सस्थाकी सदस्य रमादेवी पाठकको जन्मदिनको अवसर पारेर विभिन्न कारणले नियमित खाना खान नपाएका बेवारिसे अवस्थामा रहेका असहायहरुलाई खाना खुवाएर सो अभियान प्रारम्भ गरिएको थियो । । सस्थाले त्यस किसिमको सहयोग आवश्यक परेका जो कोहीलाई अभियान मार्फत सहयोग गर्ने अभियानमा सक्रिय पुनम रिजालले जनाउनु भयो ।

