झापा। झापाको पूर्व दक्षिणी नेपाल–भारत सिमा संग जोडिएको कचलकवल गाउँपालिका सिल गरिएको छ ।

भारतबाट लुकिछिपी कचनकल आएका एक युवामा कोरोनाको पिसिआर परीक्षण पोजिटिभ आएको भोलिपल्टै आज नौजना संक्रमित थपिएपछि कचनकल गाउँपालिका सबै छिमेकी पारिकावाट पनि आवत जावत बन्द गराउन सिलबन्दी गर्ने निर्णय गरिएको छ ।

प्रदेश १ का प्रदेशसभा सदस्य बसन्त बानियाँले दिएको जानकारी अनुसार प्रमुख जिल्ला अधिकारी उदय राना, जिल्ला प्रहरी प्रमुख कृष्ण कोईरालासहितको उपस्थितिमा आज सो क्षेत्र सिलबन्दी गर्ने निर्णय गरिएको हो ।

मंगलबार मात्र संक्रमितको संख्या थप ६५ जना भएसंगै कूल संक्रमितको संख्या ४०२ पुगेको छ ।त्यसमा झापाको कचनकवल गाउँपालिकामा भेटिएका ९ जना मा कारोना देखा परेकोले संक्रमितलाई तत्काल उपचारको लागि विराटनगर लगिएको सांसद बाँनियाले जानकारी दिएका छन ।

सो क्षेत्रमा थप क्वारेन्टाइन निर्माणका लागि महेन्द्ररत्न मावि केचना, जानकी आधारभूत विद्यालय पाठामारी र लक्ष्मी मावि बनियानीलाई तयार गरिएको छ । हाल सञ्चालनमा रहेको पथरिया मावि क्वारेन्टाइनको क्षमता बढाउने पनि निर्णय गरिएको छ ।आमसन्चारबाट

Facebook Comments Box