दमक/ मोरङ र झापाका दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जना नाबालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका ४ मोतिपुर बस्ने पंकज झाको २ बर्षीय छोरा निखिल झा र झापाको बिर्तामोड नगरपालिका १० का धिरेन राईको ४ बर्षीय छोरा सुदेन राई रहेका छन् ।

झालाई सोमवार अपरान्ह साढे ४ बजे मोरङको मोतिपुरस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख ६३७४ नम्बरको ट्याक्टरले ठक्कर दिंदा घाईते भएका थिए । उनको उपचारका लागि नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा ५ बजे मृत्यु भएको थियो ।
यसैगरी आज बिहान ८ बजे झापाको बिर्तामोड नगरपालिका १० सैनिक मोडबाट बजार तर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको गाडीले ठक्कर दिंदा घाईते भएका राईलाई उपचारका लागि झापाको बि.एण्ड.सि. अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Facebook Comments Box