देसभर २९५ संक्रमित हुँदा प्रदेश एकमा ३९ जना दमक। प्रदेश एकमा कोरोना भाइरस संक्रमितको संख्या ३९ पुगेको छ । केही दिन यता प्रदेस एकमा नयाँ सन्क्रमित नभेटिएपनि आज आइतबार एकै दिन एक महिला स्वास्थ्य स्वयमसीविकासहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

मोरङमा एक पुरुष र एक महिला र धनकुटामा एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जनाइएको छ । प्रदेश एकमा हाल सम्म १७ जना निको भएर घर फर्किएका छ्न । देश भर भने कोरोना सन्क्रमितको संख्या २९५ पुगेको छ भने बिस्वमा ३ लाख १७ हजारको ज्यान गैसकेको छ ।

Facebook Comments Box