दमक : लकडाउनका कारण बिचल्लीमा परेकी गर्भवतीसहित परिवारलाई दमक नगरपालिकाले उद्धार गरेको छ। घर नभएकाले सडक किनारामा बस्न बाध्य गर्भवती ममता भुजेल र उनको परिवारलाई दमकस्थित बेलडाँगी रोडबाट उद्धार गरेर अस्पताल भर्ना गरिएको नगरपालिका प्रवक्ता गीता अधिकारीले बताइन्।
स्वास्थ्य परीक्षणपछि उनलाई वडा नं २ का अध्यक्ष प्रजापति सापकोटाको घरमा अस्थायी बसोबासको व्यवस्था मिलाएको छ। उद्धार गरिएको २ सातापछि उनले छोरो पाएकी छन्। कोरोना शंकास्पदको उपचारका कारण दमक अस्पतालमा प्रसूति सेवा बन्द गरिएकाले उनलाई दमककै लाइफलाइन अस्पतालमा प्रसूति गराइएको अधिकारीले बताइन्। सुत्केरीसहित उनको परिवारलाई नगरपालिकाले नै खाद्यान्न समेत उपलब्ध गराइरहेको छ । थाहा खबर बाट