दमक,बैशाख ३१ । नेपाली कांग्रेसका जिल्ला सदस्य रवि केसीले दमक— ८ का अतिविपन्न परिवारलाई करिव १ लाख २० हजार मूल्य बराबरको खाद्यान्न राहत दिएका छन् ।

सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन जारी राखेको बन्दाबन्दीका कारण खाद्यान्न अभाव झेल्दै आएका आफ्नो वडाका अतिविपन्न १२७ परिवारलाई युवा व्यवसायीसमेत रहेका केसीले चामल,नुन लगायतका खाद्यान्न दिएका हुन् ।
गएको स्थानीय तहको निर्वाचनमा दमक ८ बाट वडाध्यक्षका प्रत्यासी समेत रहेका युवा व्यक्तित्व केसीले बन्दाबन्दीका मारमा परेका लक्षित समुदायलाई पहिचान गरी आज घरघर पुगेर पार्टीको वडा समितिमार्फत सो खाद्यान्न राहत वितरण गरेका हुन् ।
वडाध्यक्ष पशुपति गौतमसहित कांग्रेसका नेता,कार्यकर्ताहरुको उपस्थितिमा सामाजिक दुरी कायम गरि आफूले स्वेच्छिक राहत दिएको दाता केसीले वताएका छन् ।
नेविसंघका जिल्ला उपाध्यक्ष भवानी काफ्लेका अनुसार चार जनासम्म भएका परिवारलाई १० केजी चामल, १ केजी नुन र ४ भन्दा धेरै सदस्य भएको परिवारलाई २० केजी चामल,नुन वितरण गरिएको हो ।

Facebook Comments Box