दमक,२५ बैशाख । सडक दुर्घटना तथा रक्तदान सम्बन्धी जनचेतनामूलक कार्यमा सक्रिय संस्था जीवन चक्र समाज नेपालले कोरोना भाइरस नियन्त्रणका लागि सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई पानी वितरण गरेको छ । सिमामा खटिएका शसस्त्र प्रहरीहरुलाई पिउने पानी अभाव भईरहेको वेला समाजको सक्रियतामा संकलित ५७ पानीको कार्टुन वितरण गरिएको हो ।

समाजको अगुवाईमा विभिन्न व्यक्तिबाट स्वच्छिक रुपमा संकलन गरिएको ५७ कार्टुन पानी वितरण गरिएको सचिव वेनु राज प्रसाईले जानकारी दिए । उनका अनुसार सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य सुरेन्द्र कुमार श्रेष्ठबाट २१ , समाजका सचिव प्रसाईवाट २१ , संगम स्वीट्सका सञ्चालक बिमल शर्माबाट १० र जय प्रसाद प्रसाईंवाट ५ कार्टुन पानी उपलव्ध गराएका थिए ।
संकलित पानी हिजो गौरीगञ्ज १ स्थित सीमामा खटिएका सशस्त्र प्रहरी बेस क्याम्पलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष गणेश गौतमले वताएका छन् । सिमामा आउजाउका कारण कोरोना संक्रमण फैलिन सक्ने भन्दै सरकारले सिमामा सुरक्षाकर्मीहरु परिचालन गरेको छ । त्यस्ता सीमामा टहरा वनाई शसस्त्र प्रहरीले निगरानी गरिआएको छ । तर सीमा खटिएका प्रहरीहरु शुद्ध खानेपानीको अभावसंगै हावाहुरी र वर्षाका कारण समस्या झेलिआएका छन् । समाजका अध्यक्ष गौतमले सिमामा खटिएका प्रहरीहरुको दैनिकी कष्टकर भएकाले राज्यले त्यसको आधारभूत व्यवस्थापन गर्न चासो दिनुपर्ने वताँउछन् ।

Facebook Comments Box