दमक । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्छ दमक नगरपालिकाका । यो नगरपालिकाका मेयर हुन रोमनाथ ओली । मेयर ओलीको निवासनै प्रधानमन्त्री ओली आउँदा बस्ने गरेको घर हो । केन्द्रिय तहमा सत्ता रुढ नेकपा भित्र अन्तरद्वन्द्वले चर्को रुप लिदै गर्दा स्थानीय स्तरमा पनि त्यसको प्रभाव देखिरहेकै छ ।

निकै सुझबुझसहित निष्ठाको राजनीति गर्ने असल कम्युनिस्ट कार्यकर्ताको पहिचान बनाएका मेयर ओलीले सामाजिक संजालमा राखेको पार्टीको आन्तरिक बहसको विषयले भने मेयर ओली एकाएक पार्टीभित्र विवादमा परेका छ्न । भित्री रूपमा विवादित भएपनि नभए पनि बाहिर सामाजिक संजाल फेसबुकमा भने उहाँको तीब्र आलोचना भएको छ । मेयर ओलीले पार्टी अध्यक्ष ओलीको गुट संरक्षणमा सहयोग पुग्ने स्पष्ट सब्द चयन गरेर आफ्नो अभिव्यक्ति राखेका छ्न । उनले हिजो सार्वजनिक गरेको अभिव्यक्तिमा प्रचण्डलाई राजनीतिक सस्कार सिक्नै बाकी भएको नेताका रूपमा उल्लेख गरेका छ्न भने माधब कुमार नेपाल र बामदेब गौतमको पनि आलोचना गरेका छन् ।

उनको यस्तो अभिव्यक्ति लगत्तै नेकपा निकट बिध्यार्थी नेता कबिन्द्र पौडेल , युवा संघका डेबिट ठकुरी लगायत नेकपाकै नेता कार्यकर्ताहरुले गम्भीर असहमति जनाउदै नगर प्रमुखको जिम्मेवारी बिर्सेर यस्तो धारणा राखेको भनि आलोचना गरेका छ्न ।

Facebook Comments Box