झापाको कमल गाउँपालिकाको कोरोना रोकथाम तथा राहत कोषमा नेपाली कांग्रेसले आज नगद सहयोग हस्तान्तरण गरेको छ । कांग्रेस साम्सद महेन्द्रकुमारी लिम्बुले ब्यक्तिगत रुपमा उपलब्ध गराएको नगद २५ हजार रुपैया र कांग्रेस कमल गाउँ समिति अन्तर्गत सबै वडामा कार्यकर्ताहरुबाट संकलन गरिएको ३० हजार रुपैयाँ सहित कुल ५५ हजार रुपैयाँ आज साम्सद लिम्बुसहित पार्टीको स्थानीय नेतृत्वले गाउँपालिका अध्यक्ष मेनुका काफ्लेलाई सो रकम हस्तान्तरण गरेको पार्टीका गाउँ सहसभापती राजकुमार नेउपानेले जानकारी दिनु भयो ।