नुवाकोट/रसुवाको मैलुङ–स्याफ्रुबेसी सडकखण्डमा त्रिशुली नदीमा टाटासुमो खस्दा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेहरुमा गोल्जुङका ३२ वर्षीय नुर्बु तामाङ, ३२ वर्षीया साँईली घले र ३५ वर्षीय मेन्दो घले छन् । टाटासुमो सडकबाट करिब डेढ सय मिटर तल त्रिशुली नदीमा खसेको थियोे । पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा. १० च ५८२० नम्बरको टाटा सुमो हिजो साँझ नदीमा खसेको हो ।
जीपमा सवार ११ जनामध्ये अन्य तीन जना नदीमा वेपत्ता भएका अनुमान छ । सेना र प्रहरीको टोलीले बेपत्ता भएकाहरुको खोजी जारी राखेको जनाएको छ । दुर्घटनामा घाइते भएका ५ जनामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने दुई जनाको नुवाकोटमा उपचार भइरहेको छ ।