झापा, बैशाख २१ गते  । झापाको बुद्धशान्ति गाउँपालिका(१ का ४२ बर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको छ  । शनिवार बेलुका साँढे ७ बजेको समयमा आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भई अचानक करेन्ट लाग्दा घाईते भएका गड्तौलालाई उपचारको लागी झापाको बि।एण्ड।सी। अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापाको अर्जुनधारा नगरपालिका(१ का ६५ बर्षीय दुर्गा खपाङगी मगर सानोमेचे खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । शनिवार बिहान ९ बजेको समयमा खपाङगी मगर खोलामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको  उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box