मन्‍त्रिपरिषद्को यस्तो निर्णय

Author Nishkarsha News
२०७७ बैशाख २१, आईतवार १३:२१

काठमाडौं : सरकारले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ र त्यसमाथि संसदमा छलफल हुनेछ। जेठ १५ मा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान भएकोले सरकाले अधिवेशन बोलाएको हो।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दुरी कायम गर्ने गरी संसदको बैठक कक्षको व्यवस्थापन गरिएको छ। अन्नपूर्ण पोस्ट बाट

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्