नेपाली भाषा,साहित्य,कला,संस्कृतिका क्षेत्रमा लामो समयदेखि कृयाशिल झापा दमकका खेमलाल पोखरेलले अन्तराष्ट्रिय मेडल प्राप्त गरेकाछन् ।

नेपाली सहित अङ्गेजी भाषा र साहित्यमा दख्खल राख्ने उनले सेक्सपियर जयन्तीको अवसरमा विश्वका लेखकहरु छनोट गर्ने क्रममा उनि पनि परेकाहुन् ।

प्रतिभा निकेतन दमकका संस्थापक अध्यक्ष , झापा प्याब्सनका संस्थापक सदस्य, दमक बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक, सत्याल पब्लिकेशनका वरिष्ठ सम्पादक भएर उनले काम गरेकाछन् ।

दमक प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका पोखरेलले अन्तरास्ट्रिय रुपमा प्रदान गरिने अर्डर अफ सेक्सपियर मेडल सम्मान पाएकाहुन् ।

उक्त घोषणा गरिएको फेसबुक पेजमा उल्लेख भए अनुसार उनले उत्प्रेरक हुने किसिमका अग्रेजी तथा नेपालीमा ६४ भन्दा बढि पुस्तक लेखेको उल्लेख छ । कतिपय पुस्तक पीएचडिमा पढाई हुने पनि भनिएको छ ।

दमकका साहित्यकार धनकुटे कान्छाले यो दमकका लागि मात्र नभएर नेपालका लागि नै गौरव भएको बताएकाछन् । अन्तराष्ट्रिय ख्याती प्राप्त लेखक तथा साहित्यकारले यो सम्मान पाँउदै आएकाछन् ।

Facebook Comments Box