अमेरिका पुनर्वासमा गएका दमकस्थित भुटानी सरणार्थी सिविरका रोसन शंकरले लक डाउन प्रभावित नेपालीलाइ नगद ४० हजार रुपैयाँ राहत प्रदान गर्नु भएको छ ।

उहाले फेन्स क्लब भुटान मार्फत आज दमक २ र ३ को वडा कार्यलयलाइ २०/२० हजार रुपैयाँका दरले राहत प्रदान गर्नुभएको क्लबका अध्यक्ष युवराज राइले जानकारी दिनु भयो ।

उहाँले स्थानीय नेपाली नागरिक र भुटानी सरणार्थीहरुबिचको सम्बन्धका साथै मानवीय नाताले आफ्नो ब्यक्तिगत खर्च कटौती गरि क्लबका सदस्य शंकरले सो सहयोग प्रदान गरेको बताउनु भयो । सो सहयोगप्रती दमक २ का वडाध्य्क्ष्य प्रजापति सापकोटा र ३ का वडाध्य्क्ष् नवीन बरालले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

Facebook Comments Box