आज मइ १ । अर्थात विश्व मजदुर दिवस । हरेक बर्ष नेपालीसहित बिश्व भरका मजदुरहरुले आफनो अधिकार प्राप्तीको लडाइँकै रूपमा यो दिवस मनाउदै आएका छन् । हरेक राजनीतिक परिवर्तनहरुमा मजदुर बर्गलाई अग्रमोर्चामा राखेर आन्दोलनमा ढालका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ ।

तर आन्दोलनले ल्याएको सत्ता वा सासक वा परिवर्तन गरेपनि मजदुर बर्ग भने जस्ताको तस्तै रहनु परेको नेपाली मजदुर वर्गको गुनासो छ । हरेक बर्ष यो दिवस औपचारिक कार्यक्रम गरी मनाउने गरिएकोमा यो बर्ष नेपाली मजदुरहरुले आजको यो ऐतिहासिक दिनमा पनि भोकभोकै यो दिवसको सुभकामना साटासाट गर्नुपर्ने बाध्यता छ ।

सर्वहारा , मजदुर वर्गको पार्टी भन्ने कम्युनिस्ट पार्टीको नेतृत्वमा भारी बहुमतसहितको सरकार भएपनि वास्तविक मजदुरहरु नेपाल सहित बिस्वका विभिन्न मुलुकमा संगठित र असङठित रूपमा समय बिताइरहेका छ्न । वास्तविक मजदुरहरु नेपालमा पनि कोरोनाको कहरले करिब ३९ दिनदेखि श्रम सम्म गर्न नपाइ भोकै बस्नु परेको अवस्थामा छ्न । सरकारले कोहि भोकै बस्नु नपर्ने भन्ने उदघोस गरेपनि मजदुर बर्ग बेरोजगारी , महङी सगै न्युनतम आधारभुत आवश्यकआवश्यकताको चर्को अभावमा छ्न । आजको दिन सबै मजदुर बर्गमा हार्दिक शुभकामना ।

Facebook Comments Box