दमक । सरकारले प्रदान गर्ने राहत सामाग्री विभिन्न बहानामा पाउनबाट बन्चित भएका कमल गाउँपालिका बासी लक डाउन प्रभावित बिपन्न नागरिकहरुलाइ स्थानीय युवा अगुवा हुकुमसिङ राइले आजदेखी घर घरमा अति आवश्यक खाध्यन्न राहत पुर्याउन सुरु गर्नु भएको छ । नेपाली कांग्रेसका जिल्ला सदस्य समेत रहनु भएका सोही गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी राइले २० केजी चामल, खाने तेल, नुन, दाल, सोयाबिन र साबुन सहितको राहत प्याकेज प्रदान गर्न सुरु गर्नु भएको हो ।

आज सो गाउँपालिकाको ४ नम्बर वडामा रहेका नागरिकता नभएका तथा टिनको छानो भएका जस्ता विभिन्न कारण देखाएर स्थानीय सरकारले राहत नदिदा समस्या भोगीरहेका करिब आधा दर्जन परिवारलाई घरमै पार्टीको स्थानीय नेतृत्व मार्फत खाध्यन्न राहत उपलब्ध गराउनु भएको छ ।

उहाले गाउँपालिकाले सयौ परिवारलाई राहतबाट बन्चित गरेको हुँदा आफुले तत्काल ११० परिवारलाई त्यस किसिमको राहत प्रदान गर्ने योजना रहेको बताउनु भयो ।

 

Facebook Comments Box