दमक । झापाको झापा गाउँपालिका वार्ड नम्बर ३ सिमलबाडीस्थित जय सन्तोशी राइस मिलमा आगलागी हुदा मिलसगै जोडिएको अर्को एक घरमा समेत निक्सानी भएको छ । आज बिहान करीब ३ बजे स्थानीय लाल प्रसाद राजबंशीको सो कुटानी पिसानी मिल बाट आगलागी शुरू भएको थियो ।
आगलागीका कारण मिल नजिकै रहेको प्रल्हाद मण्डलको घर समेत जलेर पुर्णरूमा नस्ट भएको छ । आगलागीबाट करीब १५ लाख बराबरको नोक्सान भएको अनुमान गरिएको छ । आगलागी बिर्तामोड न पा को बारूण यन्त्र तथा प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको रेड्क्रस सरनामतीका सभापति केसब बजगाइले जानकारी दिनु भयो ।
विधुत सटका कारण सो घट्ना भएको अनुमान छ । पीडित परिवारलाई एकथान त्रिपाल भाडा सेट र कपडा राहत स्वरूप उपलब्ध गराईएको पनि उहाले जानकारी दिनु भयो ।