ईलाम,बैशाख-१४ गते ।
ईलाम फाकफोकथुम-३ सल्लेरी बस्ने ४० बर्षीय राम बहादुर लकान्द्रीको चिप्लिएर लड्दा मृत्यु भएको छ । आज दिउँसो पउने १ बजे आफनै घर नजिकै रहेको जंगलमा सुँगुरको चारो काट्न जाने क्रममा ढुङगामा राम बहादुर चिप्लिएर लड्दा उनको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी आमचोकमा जानकारी गराएका हुन । घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।