दमक/ दमक नगरपालिकाले भोली २२ जेठ अर्थात ५ जुनमा पर्ने विश्व वातावरण दिवस मनाउने तयारी गरेको छ ।
नगरपालिकाले यस पटक वातावरण दिवस पृथक रुपमा मनाउने तयारी भएको नगरपालिकाले जनाएको छ ।
हिजो सो बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा यो दिवसलाई बृहत रुपमा मनाउन लागिएको जनाइएको हो । नगरपालिकाको वातावरण तथा सरसफाई समितिका संयोजक समेत रहेका वडा नं. ६ का वडाअध्यक्ष टेकबहादुर थापाले सो दिन बृहत जनचेतना मुलक रयालीसहित खोला किनारमा वृक्षारोपण गरिने बताए ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख उपस्थितीमा भएको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत गणेश तिमिल्सिनाले यस वर्षको वातावरण दिवस सरसफाईको संस्कार वर्षका रुपमा लिईएको जनाए ।
दिवसका दिन वृहत ¥याली सहित खोला किनारामा वृक्षारोपण गरिने उनले जानकारी दिए । सोहि कार्यक्रममा नगरपालिका उपप्रमुख गीता अधिकारीले सरसफाई तथा वातावरण संरक्षणका लागि नगरपालिकाले तयार पारेको १७ बुँदे अपिल सार्वजनिक गरिन् ।
अपिलमा नगरपालिकाले निर्माण सामाग्री त्रिपाल ओछ्याएर मात्र झार्न र सडकमा नराख्न आग्रह गरिएको छ । यस्तै सडकपेटी नमिच्न, फोहरको पसल तथा घरमै वर्गीकरण गर्न, हरियाली कायम गर्न समेत आग्रह गरिएको छ ।