ससस्त्र प्रहरी बल नेपाल , प्रहरी जवान शिक्षालय कमल ५ का समादेशक सुधिरजङ थापाको निर्देशनमा आज झापाको कमल ५ स्थित माझी टोलका एक ब्यक्तिको घर भत्काउनुका साथै काठ्पात आगजनी गरिएको छ ।

 

२०५४ सालदेखी त्यहा बसोबास गर्दै आउनु भएका पुर्ण बहादुर माझीको पुरानो घर भत्काएर नयाँ घर बनाउने क्रममा राखिएका पुरानो काठपात जलाउनुका साथै आगो निभाउने क्रममा २१ बर्सिय लक्ष्मण माझी ५८ बर्सिया तोस्तादेबि कोइरालाई कुटपिट समेत भएको स्थानीयले बताएका छन् । आज साझ करिब पौने ७ बजे सो घटना भएको सूचना स्थानीयले जनप्रतिनिधि लाई समेत दिएका थिए ।

सो लगत्तै त्यहा पुगेका वार्ड अध्यक्ष डम्बर बहादुर निरौला र सामाजिक अगुवाहरुले किन यस्तो भयो ? भनी प्रस्न गर्दा त्याहाका ससस्त्र प्रहरीका जवानहरु केही नबोली फर्केका बताइएको छ । सो बस्ती नजिकैको एक टोलबाट भने ससस्त्र प्रहरीले करीब २ महिना अघि जग्गा अतिक्रमण भएको भन्दै बस्तीमै बल प्रयोग गरि बर्सौ देखि बसोबास गर्दै आएका दर्जनौं घर परिवारलाई उठाएको थियो ।

 

https://www.facebook.com/sawaalnepal/videos/255977185543900/

 

Facebook Comments Box