श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

Author Nishkarsha News
२०७७ बैशाख ८, सोमबार २१:२९

धनकुटा,बैशाख-०८ गते । धनकुटा छथरजोरपाटी-४ पानी ट्याङ्की बस्ने ४७ बर्षीय ईन्द्र बहादुर लिम्बुको श्रीमतीको कुटाईबाट मृत्यु भएको छ । आज बिहान ०७ बजे श्रीमान श्रीमतीको घरायसी बिषयमा बादबिबाद भई झगडा हुदा श्रीमती धनमाया लिम्बुले ईन्द्र बहादुरलाई घरेलु हतियार तथा लाठीले टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनामा संम्लग्न धनमाया लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्