धरान / सोमबार बेलुका धरान–८ स्थित विश्वकर्मा मन्दिर छेउमा दुर्घटना हुँदा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्सको मृत्यु भएको छ ।
मारेकटहरे धनकुटा घर भएकी २५ वर्षिय कविता विपि प्रतिष्ठानकी स्टाफ नर्स भएको इलाका प्रहरी कार्यालय धरानको सञ्चार शाखाले जानकारी दिएको छ । रोकि राखेको ट्रक मुनी छिरेकी तुम्बालाइ उपचारको लागी विपि ल्याइएको थियो । अस्पतालमा ल्याइपुर्याएपछि उनको मृत्यु भएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरी पोष्टले जानकारी दिएको छ ।
को २६ प ८५१ नं। को स्कुटीमा इटहरीबाट धरान आउदै गरेकी तुम्बा सडकमा रोकेर राखिएको ना ६ ख ४३४५ नं को ट्रकको पछाडी छिरेकी थिइन् । घटनास्थलमा रहेका स्थानीयका अनुसार ट्रकमा डिजेल सकिएपछि त्यतिकै रोकेर राखिएको थियो ।