गौरीगन्ज गाउँपालिका शिक्षा समितिले गर्यो यस्तो निर्णय गौरीगन्ज। कोरोना भाइरसको सम्भाबित जोखिम न्युनिकरणका लागि जारी लक डाउनका कारण बार्शिक परिक्षा सम्पन्न भैइनसकेका गौरीगन्ज गाउँपालिका अन्तर्गतका बिध्यालयले अन्तिम परिक्षा बिनानै यस अघिका त्रैमासिक परिक्षामा बिध्यार्थीले प्राप्त गरेको नतिजाका आधारमा औसत नम्बर प्रदान गरेर बार्सिक नतिजा निकाल्ने तयारी थालिएको छ ।

शिक्षा समितिका सम्योजक समेत रहनु भएका उपाध्यक्ष दिपिन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सबै बिध्यालयले तयार पारेको नतिजाको विवरण शिक्षा अधिकृत केसब भट्टराई र शिक्षा समिती सदस्य हरिलाल यादव मार्फत समितिमा पेश गर्न पनि सुचित गरेको छ । त्यसैगरी बैठकले निजी बिध्यालयलाई तत्काल बैशाख महिनाको सुल्क नलिन आग्रह गर्ने र लक डाउन लम्बिएको अवस्थामा बिध्यालय सन्चालन भएदेखीको मात्रै शुल्क लिन आग्रह गर्ने निर्णय गरिएको उपाध्यक्ष थापाले जानकारी दिनु भयो ।

Facebook Comments Box