दमक / झापाको दमक ६ मा दमक र कमलका युवा सहकारीकर्मी तथा युवा ब्यवसायीहरुद्वारा संचालित द एभरेस्ट बचत तथा ऋण सहकारी सस्था आजदेखी ९ बर्षमा प्रवेश गरेको छ । बर्सेनि बार्सिकोत्सवका अवसरमा शुभकामना आदन प्रदान सगै विभिन्न सामाजिक कार्यक्रमहरु सन्चालन गर्दै आएको सस्थाले यो बर्ष भने विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम नगरि लक डाउनका कारण प्रभावित बिपन्नहरुका लागि स्थानीय सरकार मार्फत राहत कोषमा सहयोग प्रदान गरेको सस्थाका सचिव ज्ञाननाथ पौडेल ज्ञानुले जानकारी दिनु भयो ।

 

सस्थाले बिर्तामोड र कन्काइ नगरपालिकालाई २५/२५ हजार र कमल गाउँपालिका र दमक नगरपालिका लाई २५/२५ हजार रुपैयाँ राहत कोषमा सहयोग गरेको उहाँले जनाउनु भयो । सस्थाको बार्सिकोत्सवका अवसरमा शुभकामना सहित धन्यवाद ज्ञापन गर्दै सहकारीका अध्यक्ष दिपक खरेलले बार्सिकोत्सवका अवसरमा सस्थाका कर्मचारी, बिभिन्न उप समितिका साथै सबै शेयर सदस्य , उध्योगी, ब्यवसायी, नियमनकारी निकाय एवम सम्पुर्ण सहकारी सम्बद्ध संघ सस्थाहरुमा पनि धन्यवाद सहित निरन्तर सहकार्य र समन्वय हुने बिश्वास व्यक्त गर्नु भएको छ ।

Facebook Comments Box