दमक । दमक नगरपालिकाले हरेक दिन नगरपालिका क्षेत्रमा भैरहेको विशेष स्वास्थ्य सम्बन्धिको रिपोर्ट बिग्यप्ती मार्फत सार्वजनिक गर्दै आएको छ । नगरपालिकाले कोरोनाको संक्रमण बिस्वमा फैलिएको कारण यसको सम्भावित जोखिम न्यूनीकरणमा सचेतना बढाउने र सजग गराउदै आम नगरवासीको स्वास्थ्य अवस्था बारे जान्कारी गराउने गरेको हो ।

आज जारी बिग्यप्ती अनुसार हाल नगरपालिकाले बनाएका क्वारेन्टाइनमा १७ जनालाइ राखिएको र सबैको स्वास्थय अवस्था सामान्य रहेको छ । दमक अस्पताल दमक मार्फत हाल सम्म ८२ जनाको आर डी टी कीट मार्फत कोरोना परीक्ष्ण गरिएको र सबैको नेगेटिभ अर्थात कोरोना नभएको रिपोर्ट आएको उल्लेख छ । परिक्षण गरिएकोमा १९ महिला छ्न । त्यसैगरी आज सो अस्पतालमा २ जनाको ज्वरो परिक्षण गरिएको पनि नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box